देशभर थपिए १२ सय ७२ कोरोना संक्रमित, १५ सय ७५ डिस्चार्ज

फाइल तस्बिर

मङ्सिर १९, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १५७५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५६७ पुगेको छ।

१९ मंसिर २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको