जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कतिले पाउछन शेयर ?


असोज १८, काठमाडौँ । जनरल इन्स्योरेन्सले मंगलबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको छ ।

कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उक्त तयारी गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले आइतबार साँझसम्ममा प्रिअलटमेन्ट गरेर मंगलबार भित्र आईपीओ बाँडफाँड गर्ने जनाएको छ ।

जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म १ सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले निष्काशन गरेको जम्मा शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा करिब ८ गुणा बढी आवेदन परेको छ । असोज १४ गते सम्ममा ८ लाख १३ हजार ७२५ आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताको लागि आवेदन परेको थियो ।

शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् ।

१८ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको