कोरोना संक्रमणबाट ४ महिलासहित ७ जनाको मृत्यु

फाइल तस्बिर

असोज १८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेका छन् ।

चितवनकी ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी पाँच दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।

२०७७ आश्विन १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको