सुनको मूल्य फेरि बढ्यो, तोलाको कति पुग्यो ?


असोज १८, काठमाडौं । स्थानीय बजारमा पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने २०० ले बढेर ९४ हजार ५०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला २०० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९३ हजार ८०० मा कारोबार भएकामा आइतबार ९४ हजारमा कारोबार भएको छ ।

यस्तै चाँदीमा प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ । तोलाको एक हजार १८० रुपैयाँ पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तीब्र उतारचढाव भइरहेको छ ।

१८ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको