उपत्यकामा मात्रै थपिए १५९९ कोरोना संक्रमित, देशभर कहाँ कति थपिए ? [विवरणसहित]


असोज १८, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको बताए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेकोछ । यस अवधिमा १ हजार ३२९ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।

आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।

त्यस्तै मृतक थप ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ रहेको छ ।

हेर्नुस विवरण 

 

१८ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको