देशभर थपिए २२५३ कोरोना संक्रमित, १ हजार ३२९ डिस्चार्ज


असोज १८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको जानकारी दिएका छन ।

यस अवधिमा १ हजार ३२९ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।

आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।

त्यस्तै मृतक थप ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ रहेको छ ।

२०७७ आश्विन १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको