रोल्पाकी जुम्ल्याहा बच्चाकी आमालाई खाद्य सामग्री सहयोग


असोज १८, काठमाडौँ । रोल्पाको रुन्टिगढि गाउँपालिका -३ भाेर्ना स्थायी घर भई ललितपुरको लेले बस्ने २७ बर्षिया सुनिता पुनमगरलाई गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष मिलन सिल्वालले खाद्य सामग्री सहयोग गरेका छन् ।

३ महिने जुम्ल्याहा बच्चाकी आमा रहेकी मगरले भोक मेटाउन जुम्ल्याहा बच्चा छाती र पिठ्युँमा बोकेर गाउँमा चामल तथा तरकारी माग्दै हिडेको तस्वीर संचारमध्यममा आएको थियो । लगतै वडा अध्यक्ष सिल्वालले ती महिलाको खोजी गरेर खाद्यान्नको व्यवस्था गरेका हुन् ।

‘नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रवक्ता विश्वप्रकाश शर्माले मलाई सम्पर्क गरी सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो, सोहीअनुरुप विश्व दाइ र मेरो सहयोगमा दुई महिनालाई पुग्ने राहत प्रदान भयो,’ वडाध्यक्ष सिलवालले सामाजिक संजालमा सहयोगबारे लेखेका छन् । साथै लकडाउनका कारण कोही समस्यामा भए सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

सुनिता पुनमगर । तस्बीरः रोशन सापकोटा, रासस

मगरलाई करिब दुई महिनासम्म पुग्ने  गरि चामल २ बोरा, दाल ५ के.जी, सोयाबिन ५ पाकेट. नुन ५ पाकेट. तेल ५ लिटर, साबुन ५ वटा र लत्ताकपडा समेत सहयोग गरेको अध्यक्ष सिलवालले जानकारी दिए ।

लेलेको एक इट्टाभट्टामा काम गर्दै आएकी सुनिताका श्रीमान् पनि उनीसंगै रहेका छन । उनी १५ वर्षदेखि इँट्टा भट्टामा काम गर्दै आएकी थिइन् ।

तर पछिल्लो समय कोरोना भाइरसको महामारीले इट्टाभट्टा बन्द हुँदा उनी र उनको परिवारमा रोग भन्दा पनि भोकै मरिने चिन्ता बढेको थियो । जसका कारण उनलाई माग्दै हिड्नुपर्ने बाध्यता रहेको थियो ।

कोरोना संक्रमण जोखिमका कारण गत चैतमा गरिएको लकडाउनसँगै इँटा उद्योगहरू बन्द हुँदा सुनिताजस्ता धेरै मजदुर परिवारको बिजोग भएको छ ।

२०७७ आश्विन १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको