भक्तपुरमा मिनिबसभित्र १६ बर्षीय किशोरीको सामुहिक बला’त्कार, दुई पक्राउ

सांकेतिक तस्बिर

असोज १८, काठमाडौं । लठ्ठिने औषधी खुवाएर १६ वर्षीया किशोरीमाथि सामुहिक बला’त्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन् । उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बला’त्कार गरेका थिए ।

उनीहरूले ती किशोरीलाई १६ र १७ गते पटक-पटक बला’त्कार गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

ती किशोरीका परिवार अहिलेसम्म सम्पर्कमा आएका छैनन् । सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले वृत्त जगातीको संरक्षणमा छिन् ।

घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् ।

१८ आश्विन २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको