पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि


भदौ १९, काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

उनीहरूले परीक्षणका लागि कहिले स्वाब दिएको भने यकिन छैन । उनका अनुसार ती १८ जना बिहीबारको झडपमा खटिएका प्रहरी हुन् ।

५५-५६ जनाको पिसिआर टेष्ट गराएकामा अहिलेसम्म १८ जनाको रिपोर्ट आएको जनाइएको छ । अरूको रिपोर्ट आउने क्रममा रहेको बताइएको छ ।

त्यस्तै, शुक्रबार नै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा १३ जनामा संक्रमण देखिएको छ । ट्राफिक प्रहरी महाशाखामा र काठमाडौं परिसरका १५-१५ जनामा संक्रमण देखिएको छ ।

 

१९ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको