अर्थमन्त्री खतिवडाले दिए राजीनामा


भदौ १९, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

गत फागुनमा राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले २०७६ फागुन २१ गते मन्त्रीको रुपमा दोस्रो पटक शपथ लिएका थिए ।

सांसद नभएको व्यक्ति ६ महिनाभन्दा लामो समय मन्त्री बन्न नमिल्ने संविधानको व्यवस्था अनुसार खतिवडाले राजीनामा दिएका हुन् ।

अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका छन ।

१९ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको