कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २७१ पुग्यो


भदौ १९, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको उनले बताए ।

यस्तै काडमाडौं काठमाडौं उपत्यकामा मात्रै ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन् । हालसम्म कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।

त्यसमध्ये काठमाडौंका ३ सय ८६ , ललितपुरका ३२ जना र भक्तपुरका ३६ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

१९ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको