परदेशबाट पत्रकारलाई ऋतुको खुल्ला पत्र


प्रिय पत्रकार !
आराम रही आरामको कामना गर्दछु । मैले यो पत्र सामिप्यताको गहिरो दूरीलाई चिर्न लेखेको हुँ । अचम्म नमान्नु होला हामी धेरै नजिक भएर पनि धेरै टाढा छौं । हामी एकअर्कासँग परिचत भएर पनि अपरिचित छौं । हामी एउटा सफा औपचारिकतामा बाँचेका छौ । बिलकुलै सफा औपचारिकतामा । सोँचे हामीले एकअर्कालाई राम्रोसँग चिन्नुपर्छ । एक अर्काको इच्छा आकाङ्क्षालाई बुझ्नुपर्दछ । त्यसैले यो पत्र कोरेको हुँ । तपाईले यस पत्रलाई दुई किनारामा जोड्ने नदीका रुपमा लिनुहुनेछ भन्ने मैले विश्वास राखेको छु ।

आज म गहिरो चिन्तनमा छु । म सोचिरहेको छु, मेरो देशको सिधा सोझो दिदिबहिनीलाई जानी जानी फसै रहेको छ ! यी सबैका कारण के ? म त्यो कारण खोजिरहेको छु । लाग्छ सत्य यो पनि हो यहि समाजसेवीको नाममा दिन प्रती दिन ठगीरहेका छन् । अनि जीवनको वास्तविक सत्य र हाम्रो असफलताको कारण पनि यही हो, किनकि हामी आफूभित्रको तत्वलाई चिन्दैनौं । आफूभित्रको गुरुलाई चिन्दैनौं ।

म प्रश्न अलि मोड्न चाहन्छु । तर विषयवस्तु भन्दा पर भने हैन । हो, सफलता र असफलता दुवै जीवनमा मार्ग हुन् । यी दुवैलाई ग्रहण गर्न सक्ने क्ष्यमताको विकास भने हामी आफैले गर्नुपर्छ । मैले पनि मेरो गन्तव्यसम्म पुग्न यस्ता धेरै कुराको सामना गर्नुपर्ने छ र म अहिले आफैमा त्यो क्षमताको विकास गराउँदै छु । म आफ्नै सफलतालाई चिन्ने प्रयास गर्दैछु । सत्य यो पनि हो असफलतामा नै सफलता लुकेको छ ।

फगत हामी हाम्रो असफलतालाई नै चिन्दैनौं । त्यसैले सफलता पनि हामी भन्दा धेरै टाढा हुन्छ । मैले अँगालेको यात्रामा मेरो गन्तव्यसम्म पुरयाउने तपाइहरुको साथ सीमित छ, छोटो छ, अमूल्य छ । म त्यही सीमित, छोटो र अमूल्य साथलाई जीवन्त बनाउन चाहन्छु । अनि यो पनि सावित गर्ने प्रयास गर्ने छु की हरेक निर्दोष नेपाली दिदिबहिनी को सफलतामा नै पत्रकारको सफता लुकेको हुन्छ ।

संसारलाई हेर्नु त यो कति अगाडी छ । तर, हामी भने अझै ह्स्व–दीर्घमा अल्झिरहेका छौं । दिक्क लाग्छ, थकथक लाग्छ म को अर्थ यो भन्दापनि व्यापक रुपमा खोज्छु । मैले एक शव्दको खोजीमा कयौं रात जागा बसेको छु । एउटा शैलीको खोजीमा कैयौं पटक घोत्लिएको छु ।

म अपूर्णतामा सम्पूर्णता खोजिरहेछु, मृत्युमा जीवन खोजिरहेको छु । अहिले म दिदिबहिनीको परदेशको कथा लेख्दैछु, जुन आजसम्म कसैले लेखेको छैन, म त्यो पिडा लेख्दैछु, जसमा कुनै पीडितले न्याय पको छैन, म त्यो छु जसमा कुनै दलालले फसएको दिदिबहिनी को न्याय खोजी रहेको छु, दलाललाई कार्वाही छैन, केही छैन, कोही छैन । त्यसैले अहिले म शव्द खोजिरहेछु ।

म तपाइबाट पनि शव्द खोजिरहनेछु । म तपाइँबाट शव्द पाउने अपेक्षा पनि राख्दछु । मलाई थाहा छ मैले अँगालेका प्रत्यक शव्दमा मेरो गन्तव्य छ । मैले मेरो गन्तव्यको सहयात्री यिनै शव्दहरुमाझ उभिएर यसैको साहारामा जीवनको एउटा सुन्दर इतिहास रच्नु छ । मलाई विश्वास छ, म एकदिन अवश्य सफल हुनेछु ।

मेरो नेपाली दिदिबहिनी कति नचाहद नचाहदै पनि फसिरहेका छन् । कस्तो कस्तो लाग्छ मलाई मेरो दिदिबहिनी को अबस्था देख्दा । मेरो नेपाली दिदिबाहिनीहरुलाइ यसरी दुखी र पीडितहरुसँग गरिबलाई ठगेको देख्दा मनमा धेरै प्रश्न उठिरहेको छ । दलाल ,समाजसेवीको नाममा ठगेको मान्छेलाई केही कार्वाही छैन ।

तर, आज यो अवस्था बिलकुलै उल्टिएको छ । अहिले मेरो मनमा शब्दहरु बनेको छ । कहिले पाउछ पीडितले न्याय कहिले रोकिन्छ नेपाली दिदिबहिनी बेच्नुबाट ? बिदेशबाट धेरै रुदै छ मलाई बचाउ भन्दै नेपाली दिदिबहिनीको कहिले सुनु त्यो अवाज ? म त्यसैबाट आवाज निकल्दै छु । हो, त्यहाँ , भन्दै छ बचाउ मलाई । सबै झलझल झल्कि रहेका छन् । म तिनीहरुको आँखाको आँशु वास्तवमा नै म अहिले यसैको बारीमा आवाजमा अडिएको छु ।

म तपाई जस्तो बन्न चाहन्न, म त्यो पृथकता खोजिरहेछु । जसले हामीबीचको भिन्नतालाई छुट्टुयाओस् । म चर्चा बन्न चाहन्न, म शेरचन बन्न चाहन्न, म टाल्स्टाँय, गोर्की, हेनरी बन्न चाहन्न, मलाई थाहा छ यी नामहरुमा म छैन् । त्यसकारण म, म भएर बाँच्न चाहन्छु । जहाँ मेरो दिदिबहिनीले स्वतन्त्रको रूपमा बाच्न पाउन । दलाल व्यक्तिहरुसँग अपरिचित रहनु पर्छ ।

मैले बुझेको यही हो । ती सबै सफल र सफा अनुहार चिहाउने दर्पण हुुन् । मलाई लाग्छ हामीले त्यो सफल र सफा दर्पणमा मुहार हेर्ने बानी बसाल्नुपर्छ । वास्तविकता पनि यही हो, दर्पणले जहिले पनि उसैको अनुहार देखाउँछ जसले दर्पण हेर्दछ । तर म संसार चम्काउने सुरमा छु । म सधै यही जप गरेर हिँड्छु । मैले संसार चम्काउनु छ । यही जपको पुनरावृत्ति नै मेरो गायत्री मन्त्र हो । त्यसैले म सिङ्गो संसारमा उज्यालो खोजिरहेछु ।

म तपाईमा उज्यालो खोजिरहेछु । म आफैभित्र उज्यालो खोजिरहेछु । मलाई थाहा छ उज्यालो त्यसैले दिनसक्छ, जोसँग उज्यालो छ । जोसँग उज्यालो दिनसक्ने क्षमता छ ।

म पनि मेरो जीवनमा यसरी नै मार्गर्दशन गर्ने मार्गर्दशकको खोजीमा छु । म पनि यस्तै पत्रकारको खोजीमा छु । जो सयम परिस्थितिअनुसार साथी होस्, पत्रकार होस्, दुखिको भगवान होस् । म यस्तै पत्रकार को खोजीमा छु । मलाई थाहा छ, तपाई हजारमा एक खोज्दै हुनुहुन्छ, म एकमा हजार खोजिरहेछु । मलाई थाहा छ, तपाईसँग हरेक क्षेत्र बदल्ने सूत्र छ ।

मान्छेलाई वास्तविक मान्छे बनाउने सूत्र छ । मलाई थाहा छ । आइन्स्टाइन तपाईजस्तै पत्रकारकै उपज हुन् । तपाईहरु हरेक नेपालीको भगवान हुनुहुन्छ तपाईहरुजस्तै पत्रकार नपाएका भए संसार सभ्यताको एककदम पछाडि नै हुन्थ्यो । विज्ञानले विशालता नपाएर बाँझिने थियो । कलाकारले आफूभित्रको कला भेटाउने थिएन । त्यसैले म तपाईभित्रको त्यो सूत्र खोजिरहेछु, जसको सहयोगले म हरेक बिदेशमा बेचिएको चिलि ल्याउन सुकूँ । हरेक क्षेत्रमा आवजको मूल फुटाउन सकुँ । हरेक क्षेत्रमा नवीनताको उन्मेष गर्न सकूँ ।

पत्रको अन्त्यमा म के भन्न चाहन्छु, भने यो मेरो लेखनको अन्त्य होइन, सुरुवात हो । जानाजान वा अनजानमा कहीँ–कतै कसैको चित्त दुखाएको भए माफ चाहन्छु । मैले आशा राखेको छु यस पत्रले हामीबीचको अपरिचतताको दूरीलाई घटाई सामीप्यतालाई बढाउनेछ । म त केवल शून्यताको सहयात्री, त्यसैले त भन्छु नदी जति लामो र जति गहिरो भएपनि मिसिने सागरमा नै हो । त्यसैले आफूभित्र आफैले नदीको सिर्जना गरी विशाल सागरतर्फ लम्किरहेछु । सागर विशालतामा विलीन हुन विशाल सागरतर्फ लम्किरहेछु ।
उही तपाईको शुभचिन्तक

ऋतु मोक्तान ‘युनिसा’

१९ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको