काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि


साउन २०, काठमाडौं- बितेको २४ घण्टामा  काठमाडौं उपत्यकाका ३ जिल्लामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४८, भक्तपुरमा १३ र ललितपुरमा १ गरि जम्मा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका ३८ र भक्तपुरका ११ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका ५ जना, स्टार अस्पताल सानेपामा काठमाडौका २ जना र ललितपुरका १ जना छन्, भने बिआईडिएच ल्याबमा गरिएको परिक्षणमा काठमाडौं ३ जना छन् ।

त्यसैगरी नेपाल प्रहरी अस्पताल महारागञ्जमा गरिएको परीक्षणका क्रममा भक्तपुरका १ जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणका क्रममा भक्तपुरकै १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७७ श्रावण २०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको