नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


साउन २०, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–५ का ७७ वर्षका वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ज्वरो र स्वासप्रश्वासको समस्या देखिएपछि सोमबार विहान ९ बजे कोशी अस्पताल भर्ना भएका उनको दिउँसो ३ बजे मृत्यु भएको हो ।
वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएमा मृत्यु भएको एक घण्टापछि कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

मधुमेह र उच्च रक्तचाप रहेका वृद्धलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७७ श्रावण २०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको