पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि


साउन २०, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको छ । कोरोनाबाट हालसम्म ५८ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६५ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् । योसँगै १५ हजार २६ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् ।कुल संक्रमितमध्ये ७१.५ प्रतिशत बिओरमी निको भएका छन् |

२०७७ श्रावण २०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको