बिहे गर्छु भन्दै १४ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार, ४७ वर्षीय वडाध्यक्ष पक्राउ


साउन २०, गोरखा — १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पालुङटार नगरपालिका–४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट बालिका बलात्कारको आरोपमा सोमबार राति पक्राउ परेका हुन् ।

ललाइफकाइ प्रलोभनमा पारेर बलात्कार गरेको उजुरीका आधारमा ४७ वर्षीय रानाभाटलाई पालुङटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

रानाभाटले बिहे गर्छु भन्दै यसअघि पनि बालिकामाथि पटक–पटक बलात्कार गरेको पीडित परिवारको आरोप छ । अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध सोमबार जाहेरी दिएका हुन् ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रानाभाट तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

२०७७ श्रावण २०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको