बझाङ पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो, एक जना अझै बेपत्ता


असार २०, बझाङ । बझाङमा केदार स्युँ गाउँपालिका–८ मल्लेस गाउँमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

मृत्यु हुनेहरुमा केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा ५ वर्षीया छारी शान्ति जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको छ ।

यस्तै सोही ठाउँका ८० वर्षीय दले जेठारा र स्थानीय नवराज जेठाराकी छोरी १४ वर्षीय सन्तु जेठाराको शव फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, २ वटा गाई, ३ भैसी र ८ वटा बाख्रा पनि भेटिएको छ । शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता अझै बेपत्ता छन् ।

अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ । पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थल पुगेको छ । पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको गाडी नै पहिरोका कारण दुर्घटनामा परेको छ । दुर्घटनामा ३ सैनिक जावन घाइते भएका छन् ।

२०७७ असार २०,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको