नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो


असार २०, काठमाडौं | कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ |

मृत्यु हुनेमा गोरखा पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुष रहेका छन् ।

गोरखाका ४४ वर्षीय पुरुषको उपचारको क्रममा गोरखा अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो । उनी असार १७ गते कतारबाट नेपाल आएका थिए | मधुमेहबाट पीडित उनमा गएराती कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शव सेनाले व्यवस्थापन गर्दैछ |

त्यस्तै असार १४ गते त्रिवी अस्पताल भर्ना भएका देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको असार १७ गते मृत्यु भएको हो | उनमा असार १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो | क्षयरोगको उपचार गर्न त्रिवि पुगेका थिए | यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ |

२० असार २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको