तपाईको लागि यो साता कति शुभ, कति अशुभ ? राशिफल हेर्नुहोस्


असार २०, काठमाडौं | आज मिति २०७७ साल असार महिनाको २० गते शनिबार | आजदेखि असार २६ गतेसम्मको राशिफल हेर्नुहोस् |
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको मध्यमा आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । बन्धुबान्धव, दाजुभाइ र साथीको सहयोग र हौसला मिल्नेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग घ्यूरङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता छोटो, रमणीय र सुखद् यात्राको योग छ । रोकिएका कार्य पुन: सुचारु हुन थाल्छ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । आफन्त र सहयोगी हातहरू अघि बढ्नेछन् । जग्गाजमिनको कारोबारबाट राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभअङ्क ४,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख मिल्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृदेवको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् । साताको अन्त्यमा व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग सेतो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग घ्यूरङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । चिताएको कामले तीव्रता लिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता नयाँ कामको थालनी हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । गरेको, आँटेको र ताकेको कार्य पुरा होला । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धिपनि हुने देखिन्छ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । कला र गलाको प्रभाव बढ्नेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग निलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा काममा जानु अघि भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । मध्य सातामा समय व्यवस्थापन गर्न गारो पर्नेछ । कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )

२०७७ असार २०,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको