रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि


जेठ २२, रौतहट । रौतहटमा एकैदिन ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । संक्रमित सबै भारतबाट फर्किएका हुन् | उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए |

घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार थपिएका ६५ जना संक्रमित सँगै रौतहटमा संक्रमित हुनेको कुल सँख्या ३८३ पुगेको छ ।

२०७७ जेष्ठ २२,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको