कर्णाली प्रदेशमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । बिहिबार कर्णाली प्रदेशमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा एकैपटक १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो |
संक्रमितहरु दैलेख र मुगुका रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैलेखका १०५ जना पुरुष र १ जना मुगुका १ पुरुषमा कोरोना पुष्टि भएको हो ।

हालसम्म कर्णाली प्रदेशमा ३८४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

२०७७ जेष्ठ २२,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको