गौरिफन्डामा मजदुरहरु थुनिए
कोरोना थुनिएन
सिंहदरबार भित्र
भ्रस्टाचारिहरुलाई थम- थमयाइयो
भाइरस थामिएन
मनपर्दी बिधेयकहरु पास गर्न पाइयोस
कानुनहरु आफुखुसी सच्याउन पाइयोस
ठुला ठुला टेण्डरहरु सुटुक्क दिन पाइयोस
जनताका आलोचना देखि आजित थिये शासकहरु
भाइरसले कर्फ्यु लगाएको छ संसारभर
हाइसन्चो भएको हुँदो हो।
रातो रंग त धेरै पहिल्यै देखि लक डाउनमा थियो
रातामान्छेहरु माथी सधैं कर्फ्यु आदेश थियो
सरकार बिरोधी माथी सधैं सङकटकाल थियो
भ्रष्टाचार बिरोधिहरु माथी सधैं भाटा थियो।
लय उहि हो
कारण फरक छ
रातामान्छेहरु दलाल सत्ताको बिरोधी थिए
तर भाइरस आम मानव जगतको बिरोधी छ
रातामान्छेहरु माक्सबादका हतियार हुन
भाइरसहरु पुजिबादका हतियार हुन
फरक यत्ती हो
भोकाहरुले रोटि माग्दा
उत्पीडितहरुले न्याय माग्दा
कबिहरुले कबिता लेख्दा
पत्रकारहरुले समाचार लेख्दा
कलाकारहरुले गाउदा- नाच्दा
सधै लुकेर हिड्नु पर्थ्यो
माफियाहरु खुलेआम घुम्थे
आज कोरोना भ्रस्टाचारि झैं हिडेको छ
छाती फुलाएर ।
आउ लडौं सम्पुर्ण मानव जगत
कोभिड उन्नाइका विरुद्ध सगैं
सामाजिक भाइरसहरु पनि हटाउन
एक हातमा औसधि
अर्को हातमा बन्दुक लिउ ।
बि पि बिद्रोही २०७६/१२/२२
प्रतिक्रिया दिनुहोस