चैत २२ नवलपरासी । कोभिड १९ (कोरोना) भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनबाट मध्यबिन्दु नगरपालिका ४ भित्र प्रभावित १६ परिवारलाई क्रिएटिभ युथ क्लबले राहत वितरण गरेको छ ।
मध्यबिन्दु ४ भित्रका अतिविपन्न परिवार छनोट गरि खाद्यान्न सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष गोपिकृष्ण चापागाईंले जानकारी दिए । ‘दैनिक ज्याला मजदुरी गरी खाने अतिबिपन्न परिवारका लागी अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको हो’, अध्यक्ष चापागाईंले भने ।
यस्तै कारोना भाइरसबाट बच्नका लागी साबुन पानीले हात धुने तथा कसरी यस रोग संक्रमणबाट बच्न तथा फैलिन नदिन के गर्ने भन्ने बिषयमा ति परिवारलाई जानकारी गराइएको चापागाईले बताए ।
गाउँघरबाटै खाद्यान्न सामाग्री उठाएर गाउँघरकै अतिबिपन्न परिवारलाई राहत बितरण गरिएको उनले जानकारी दिए । राहत सामाग्रीमा चामल, नुन, तेल, साबुन लगायतका अत्यावश्यक खाद्यान्न सामाग्री रहेका थिए ।
प्रतिक्रिया दिनुहोस