रोल्पाका चार जनाको स्वाब परीक्षणका लागि पठाइयो


चैत २२, रोल्पा । रोल्पाका अस्पतालको आइसोलेसनमा रहेका २ जना र क्वारेन्टाइनमा रहेका २ जना गरि ४ जनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ ।

प्रदेश मार्फत थप परीक्षणका लागि उक्त स्वाब काठमाडौ पठाइने छ । काठमाडौ ईट्टाभट्टा र भारतबाट रोल्पा आएका दुई जना रोल्पा अस्पतालको आइसोलेसनमा छन् । रोल्पा अस्पतालका डा. प्रकाश बुढाका अनुसार आइसोलेसनमा रहेका दुबैको स्वाब परीक्षणका लागि पठाइएको हो ।

त्यसैगरि सुनिल स्मृती गाउँपालिकामा भारतको केरलाबाट आएर होम क्वारेन्टाइनमा रहेका एकै घरका बाउ छोरीको स्वाब समेत परीक्षणका लागि पठाइएको हो ।

सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रकृती भट्टराईका अनुसार बिरामीमा कोरोना संक्रमणको लक्षण मिल्दो देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको हो । ति स्वाबहरु लिएर शनिबार बिहानै एम्बुलेन्स बुटवल हिडेको छ ।

जिल्लामा पछिल्लो समय भारतबाट भित्रिने संख्या एकिन भईसकेको छैन । स्थानीय जनप्रतिनिधिले तेस्रो मुलुक र भारतबाट आउनेहरुको खोजी गरिरहेका छन् ।

-पत्रकार दिनेश सुबेदीको सहयोगमा 

२०७६ चैत्र २२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको