शुक्रबार सङ्क्रमित भेटिएका युवक १ हजारको भीडसँगै लकडाउनपछि नेपाल पसेको खुलासा


चैत २२, काठमाडौँ । कैलालीको लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले घोषणा गरेको लकडाउन तोडेर एकजारको भीडसँगै भारतबाट नेपाल पसेको खुलेको छ ।

नेपाल पूर्ण लकडाउनका बेला गौरिफन्टा नाकामा झण्डै एक हजारको भीडमा नाराबाजी गदै नेपाल पसेका उनि क्वारेन्टाइनको पर्खाल समेत नाघेर भाग्नेहरुको समुहमा थिए । सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन सीमा नाका बन्द गरेको भोलीपल्ट मन्त्रीपरिषदको निर्णयमार्फत उनीसहित ९ सय बढि नेपाली गौरीफन्टा हुदैं नेपाल पसेका हुन ।

चैत ११ गते नेपाल प्रवेश गर्न रोक लगाएपछि बिरोधमा भएको नाराबाजीमा उनिसमेत सहभागी भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १० गते देखी सिमामा रोकिएका नेपाली चर्को बिरोधमा उत्रिएपछि स्थानीय प्रशासनले सामान्य चेकजाँचपछि गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएको थियो ।

उनिहरुले सरकारले रोकेको समयमा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै विहान सरकार विरुद्ध नारा बाजी गरेका थिए। नियन्त्रणमा कठिन भएपछि सुरक्षाकर्र्मीले बल प्रयोग गरेर उनिहरुलाई केहि समय त्यही रोकिएको थियो ।

सरकारको यो निर्णयको आलोचना भएपछि मन्त्रीपरिषद् बैठकको बैठकले सिमामा रोकिएका १ हजार जनालाई प्रवेश गर्न दिएको थियो । ११ गते सरकारले व्यवस्था गरेको बस चढेर साँझ घर पुगेका उनलाई १२ गते बिहान स्थानीय विद्यालय भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।

भारतको मुम्बईबाट आएका ती युवकको परिक्षणका लागि काठमाडौँ पठाएकोमा नमुनामा शुक्रबार पोजेटिभ देखिएको शनिबार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । सोही दिन उनिसँगै आएका झण्डै १ हजारमध्ये केहि क्वारेन्टाईनमा बसेका छन भने अधिाकांश परिक्षण नै नगरि घर फर्किसकेका छन ।

यसका कारण अहिले सुदुरपश्चिममा थप त्रास पैदा भएको छ ।

२२ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको