चैत २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे चासो राखेका छन् ।
विश्वभरी कोरोना भाइरस कोभिड १९ को महामारीका कारण प्रभावित भइरहेको बेलामा शनिबार प्रधानमन्त्रीले बहराइनका समकक्षीसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सो बारेमा आफ्नो व्यक्तिगत आधिकारिक ट्वीटर ह्याण्डल मार्फत् जानकारी दिएका हुन्। बहराइनका समकक्षीहरुले त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र सहयाेग गर्ने प्रतिबद्धता प्राप्त भएकाे प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
ओलीले यसैगरी अरु देशमा रहेका नेपालीहरुको अवस्थाको बारेमा अरु देशका सरकार प्रमुखसँग समेत छलफल जारी राख्ने बताएका छन् ।
कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020
प्रतिक्रिया दिनुहोस