अमेरिकामा एकैदिन १ हजार ३ बढीको मृत्यु, नयाँ संक्रमितको संख्या कति ?


चैत २२, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ३९१ पुगेको छ ।

अमेरिकामा एकैदिन ३२ हजार ०८८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९६५ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।

अमेरिकामा संक्रमितमध्ये १२ हजार २८३ जना उपचारपछि निको भएका छन् । ५ हजार ७८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २ लाख ५७ हजार २९१ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ९७२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५९ हजार १४० पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख ९७ हजार ८१० पुगेको छ । एकै दिन ८२ हजार ७४५ जनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमितमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएका छन् ।

विश्वभर कोरोना भाइरसबाट ५९ हजार बढीको मृत्यु, १० लाख ९७ हजारभन्दा धेरै संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ ।

यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर घर फर्किएको सुखद खबर छ ।

अहिले ८ लाख १० हजार २६५ जना कोरोना संक्रमितको विश्वका विभिन्न देशका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ३९ हजार ४३९ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा अहिलेसम्म २ लाख ७६ हजार ९६५ जना संक्रमित छन् । अमेरिकामा बितेको २४ घण्टामा ३२ हजार ८८ जना संक्रमित थपिएका छन् । त्यस्तै ज्यान गुमाउनेको संख्या ७ हजनार ३९१ पुगेको छ ।

इटालीमा १ लाख १९ हजार ८२७ संक्रमित छन् । सबैभन्दा धेरै मृत्यु भएको इटालीमा अहिलेसम्म १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा ११ हजार १९८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ लाख १९ हजार १९९ छ ।

जर्मनीमा ९१ हजार १५९ जनामा संक्रमण देखिएको छ । १ हजार २७५ जना को मृत्यु भएको छ ।

२०७६ चैत्र २२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको