इजरायल बस्ने दुर्गाले अन्तर्राष्ट्रिय रोल्पाली समाज मार्फत गाउँपालिकामा सेनिटाईजर वितरण


चैत्र २२, रोल्पा । रोल्पा त्रिवेणी गाउँपालिकालाई कोरोना भाईरस रोकथामका लागि सेनिटाईजर हस्तान्तरण गरिएको छ । बिहिबार अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रका अध्यक्ष सन्दिप थापाले गाउँपालिका स्वास्थ्य प्रमुख भूप बहादुर केसी, कार्यकारी अधिकृत निम बहादुर डांगी, ५ र ६ नम्बरका वडाध्यक्ष कृष्ण केसी र लेखमणि डाँगीलाई हस्तान्तरण गरेको अध्यक्ष सन्दिप थापाले बताए ।

२७ थान सेनिटाईजर संगै १४ थान ग्लिसरीन पनि हस्तान्तरण गरिएको थियो । उक्त सहयोग गंगादेव ३ झ्यामका हाल इजरायलमा बस्ने दुर्गा प्रसाद केसीले व्यक्तिगत सहयोग गर्नु भएको थियो । उक्त सहयोग अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष सन्दिप थापाको पहलमा गाउँपालिकालाई सहयोग गरिएको थियो ।

सहयोगीदाता दुर्गा प्रसाद केसीलाई समाजका अध्यक्ष थापाले सहयोगका लागि धन्यबाद ज्ञापन गरेका थिए ।

२२ चैत्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको