सेवाग्राहीलाई बला’त्कार गरेको आरोप लागेका डीएसपी पक्राउ


फागुन २१, काठमाडौँ । बला’त्कारको आरोप लागेका महानगरीय प्रहरी वृत चापागाउँका तत्कालिन प्रमुख राजकुमार खिउजु पक्राउ परेका छन्।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले खिउजुलाई भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए । खिउजु केही महिना अघि मात्र सेवाबाट अवकाशप्राप्त नायब उपरीक्षक (डीएसपी) हुन् ।

चापागाउँ प्रहरी वृतको प्रमुख रहेका बेला खिउजुले सेवाग्राहीसँग कार्यालयभित्रै बला’त्कार गरेको र त्यसपछि पनि पटक–पटक घटना दोहोर्‍याएको दावीसहित एक महिलाले केही समयअघि ललितपुर प्रहरी परिसरमा उजुरी दिएकी थिइन्।

उजुरी दर्ता भएलगत्तै प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर खिउजुको खोजी सुरु गरेको थियो।

२१ फाल्गुन २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको