स्याङ्जाका सहिद-बेपत्ता परिवारले बिप्लवलाई खुट्टा नकमाउन आग्रह


फागुन २१, स्याङ्गजा । स्याङ्जा जिल्लामा सहिद सप्ताहको सन्दर्भमा सहिद परिवार सङ्ग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जस अन्तर्गत माओवादि आन्दोलनको प्रभाब क्षेत्र भनेर चिनिने बायाखोलाको भुसाल थोकमा जिल्ला इन्चार्ज जे बि भण्डारि “आक्रोश” र किसान सङ्गठन का ब्युरो संयोजक सागर अर्याल ‘बिपिन’ले सामुहिक रुपमा भेटघाट गरेका थिए ।

यस्तै स्याङ्जाको भालुपहाडमा महान जनयुद्दको क्रममा सहादत प्राप्त गर्ने सहिद र बेपत्ता योद्दाको फोटो र सहिद पार्कको होडिङ बोर्ड राख्नुको साथै वालपेन्टिङ समेत गरेको छ ।

नेकपा स्याङ्जाले जिल्लाको सम्पुर्ण सहिद बेपत्ता परिवारलाई भेटघाट सहित सहिदको सपना पुरा गर्ने प्रतिबद्दता ब्यक्त गर्दै सहिद सप्ताह मनाएको जनाएको छ ।

सहिद तथा बेपत्ता परिवारले बिप्लवलाइ खुट्टा नकमाउन र नआतिएर अघि बढ्न सुझाव दिएका छन भने यो सरकार नाङ्गोभुतुङ्गो भएकोले अव हाम्रो देशको नेतृत्व बिप्लवले बाहेक अरु कसैले पनि गर्न नसक्ने दाबि गरेका थिए ।

२०७६ फाल्गुन २१,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको