रोल्पामा विप्लब नेकपाले मनायो शहिद सप्ताह, सहिद-घाइते परिवारलाइ अभिनन्दन


फागुन २१, रोल्पा । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी शहिद सप्ताह कार्यक्रम मनाइ रहेको छ । यसै शिलशिलामा नेकपा रोल्पा गंगादेवले शहिद सप्ताह सम्पन्न गरेको छ ।

प्रतिबन्धित नेकपाले आयोजना गरेको खुल्ला कार्यक्रममा जनसमुदाय तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । सहित सप्ताहको आज अन्तिम दिन सहिद तथा घाइते परिवारलाई अभिनन्दन गरेको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि इलाका इन्चार्ज किरणले सम्बोधन गरेका थिए । गंगादेव गाउपालिकामा सम्पन्न कार्यक्रमको सभापति प्रविन ओली रहेका थिए भने राम बहादुर डाँगीले संचालन गरेका थिए । युवा संगठन नेपाल रोल्पाका सचिप असलले स्वागत मन्तब्य दिएका थिए ।

उपस्थित शहिद परिवारले अनुभूतिजन्य मन्तब्य राख्ने कार्य भएको थियो !

२०७६ फाल्गुन २१,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको