काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा २५ जना घाइते


फागुन २१, काभ्रे । काभ्रेको कोशीपारीमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको चौरी देउरालीमा दुर्घटना भएको हो । साइड दिने क्रममा बस दुर्घटना भएको बताइएको छ ।

घाइतेहरुमध्ये गम्भीर घाइते ६ जनालाई चौरी देउराली गाउँपालिकाको गाडीमा तथा अन्य लाई बसमा धुलिखेल अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

अहिले स्थानीय प्रहरी उद्धार कार्यमा जुटिरहेको भइएरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी विक्रम थापाले जानकारी दिए । उद्धार जारी रहेकोले घाइते थपिन सक्ने डिएसपी थापाले बताए।

२०७६ फाल्गुन २१,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको