गायिका अञ्जु पन्त माझी समुदायका लागि ३५ घर बनाउँदै, सहयोग गरिदिन आग्रह


पुस १९, काठमाडौं । गायिका अञ्जु पन्तले दलित माझी समुदायका लागि साढे तीन करोड लागतमा ३५ घर बनाइदिने भएकी छिन् ।

अञ्जु पन्त फाउन्डेशन मार्फत उनले पर्सा जिल्लाको सुगौली पर्टेवाको १५ कठ्ठा जमीनमा ३५ घर बनाइदिने घोषणा गरेकी हुन् । उक्त समुदायले माछा मारेर र दैनिक ज्याmा मनदुरी गरेर जिविको पार्जन गर्दै आएको छ ।

गायिका पन्तले आफूले गीत गाएर ५ लाख रुपैयाँ जम्मा गरेको जानकारी दिँदै बाँकी रकम संकलन गरेर माझी बस्ती बनाउन अग्रसर भएको बताइन् ।

पर्टेवा पुगेर उनले त्यहाँको दलित बस्ती पानीले डुबाउँदा आफू रातरातभर रोएको स्थानीयसँग बताएकी छन् । स्थानीयको दुःख देख्दा आफ्नो मन रोएको भन्दै आफूले सहयोग गर्ने आँट गरेको बताइन् ।

उनले आफूसँग ५ लाख रुपैयाँ रहेको र अब सांगीतिक कार्यक्रमबाट रकम संकलन गर्दै जाने भन्दै थप सहयोगका लागि अपिल समेत गरेकी छिन् ।

१९ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको