विप्लव निकट युवा संगठनले गर्यो न्यायो लुगा वितरण


पुस १९, बाँके । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन, युवा संगठन नेपाल बाँकेले खजुरा गाउँपालिकामा असक्त र विपन्न वृद्ध-वृद्धाहरुलाई न्यानोलुगा वितरण गरेको छ ।

संगठनका केन्द्रीय सदस्य तथा भेरी-कर्णाली ब्युरो संयोजक दीपको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष दिपेशले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी दीपले- दलाल सत्ताका कथित जनप्रतिनिधिहरुले कर र भ्रष्टाचार मार्फत जनतालाई चुस्ने काम गरेको तर जनतालाई न्युनतम सेवा सुबिधाबाट बन्चित गराएको आरोप लगाए । उनले वर्तमान व्यवस्था दलाल र लुटिखाने गिरोहहरुको अखडा मात्र भएकाले नै राष्ट्रियता कमजोर मात्र होइन देशको अस्तित्व इतिहासकै खतरामा परेको तर्क गरे ।

उनले देशको रक्षा र जनताको सेवाका लागि युवा संगठन नेपालमा गोलबन्द भई दलालहरु विरुद्ध एकजुट हुन युवाहरुलाई अपिल समेत गरे ।

संगठनका जिल्ला कोषाध्यक्ष रोशनको समेत उपस्थिति रहेको उक्त न्यानो लुगा वितरण कार्यक्रमा वृद्ध-वृद्धाहरुले खुशी ब्यक्त गरेका थिए ।

२०७६ पुष १९,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको