विप्लव नेकपाले गर्यो कालीकोटमा जनसभा


पुस १९, कालिकोट । प्रतिकुल मौसमका बाबजुत पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालीकोटले खिनमा जनसभा गरेको छ ।

जनताको माग अनुसार कालिकोट खिनमा भब्य जनसभा गरिएको कालिकोटका सेक्रेटरी रणदीपले जानकारी दिए ।

वसन्तको सभापतित्व भएको कार्यक्रममा प्रमुख अतिथि रणदिपले रणदिपले अमरिकी परियोजना एमसीसीको चर्को बिरोध गरे । उनले एमसीसी परियोजना भित्राउने प्रयास गरेर जनतालाई धोका दिने र ३ करोड नेपाली जनतालाई मूर्ख बनाउने कोशिस भएको उल्लेख गरे ।

सेक्रेटरी रणदिपले कुनै पनि हालतमा एमसीसी कार्यन्वयन गर्न नदिने चेतावनी समेत दिए । जनसभामा सामना सांस्कृतिक परिवारले जनसांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

१९ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको