अनेरास्ववियुको भयो एकता, केन्द्रीय समितिमा को-को ? [नामसहित]


पुस १९, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकता भएको छ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भई नेकपा बनेपछि लामो कसतरपछि अनेरास्ववियुले आफ्नोएकीकृत केन्द्रीय समिति टुंगोमा पुर्‍याएको हो।

शुक्रबार टुंगो लगाएको केन्द्रीय समितिमा ३३५ सदस्य छन्। जसमा साविक अखिलका तर्फबाट १८० र अखिल क्रान्तिकारीका तर्फबाट ११५ जना समावेश गरिएका छन्। जसमा ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक छन्।

यसैगरी निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग पनि टुंगो लगाइएको अनेरास्ववियुले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

२०७६ पुष १९,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको