पुस १९, काठमाडौं । आज (शनिबार) पनि काठमाडौं उपत्यकासहित देशैभर वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
केही दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि पश्चिमदेखि पूर्वसम्मै उच्च पहाडी र हिमाली भेगमा हिमपात तथा मध्य पहाडी र तराई क्षेत्रमा वर्षा हुने सम्भावना रहेको हो।
जुम्ला, मनाङ, मुस्ताङ, दार्चुला, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा शुक्रबार दिउँसो तथा राति भारी हिमपात भएको छ । उपत्यका लगायतका जिल्लामा शुक्रबार रातिसम्म र शनिबार बिहान पनि वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पहाडी तथा तराई भूभागमा दिनभर मौसममा बदली हुने तथा पानी पर्ने सम्भावना छ ।
शनिबार दिउँसोबाट भने मौसम सुधार आउने महाशाखाले जनाएको छ । मौसमविद् सजिना शाक्यका अनुसार हिमपातसहित पानी परे पनि न्यूनतम तापक्रममा भने खासै गिरावट आएको छैन ।
बदली भएकाले धरातलको तातो माथि जान सकेको छैन । त्यसैले न्यूनतम तापक्रम शुक्रबार र शनिबार दुवै दिन औषत छ । मौसममा आउने सुधारका कारण शनिबार बेलुकाको तापक्रम भने घट्ने महाशाखाको अनुमान छ ।
यस्तो छ मौसमको ३ दिने पूर्वानुमान
पुस १९ गते (शनिबार)
दिउँसो: देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा आंसिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुन सक्ने साथै पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
राति: देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
पुस २० गते (आइतबार)
दिउँसो: देशको पुर्वी भु-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक बदली रहनेछ। बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति: देशको पश्चिमी भु-भाग लगायत मध्य पहाडी भु-भागमा आंशिक बदली रहने संभावना छ, बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पुस २१ गते (सोमबार)
दिउँसो: देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदली रहने साथै मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
रातिः देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस