रुकुम पुर्ब खारावाङ गाउँमा बिजुली बल्ने भो


पुस १८, रुकुम पुर्व । रुकुम पुर्व जिल्लाको खारबाङमा बिजुली बल्ने भएको छ । गाउँपालीकाले १५ लाख अनुदान दिने भएपछि जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालीका वडा नम्वर ९ खाराबाङमा लामो समयपछि बिजुली बल्ने पक्का भएको हो ।

मैले शुरुवात गरेको बिधुतले साकार रुप लिने भयो भन्दै नेकपाका नेता टोपबहादुर ओलीले पोष्टपाटीलाई सुनाए । यो ३ वर्ष पहिले बल्ने बिधुत थियो तर केही प्रतिगामी प्रवृत्ति भएका ब्यक्तिहरुको असहयोगले बिजुली नबलेको उनको ठम्याइ छ । ती प्रतिगामीहरुलाई जनताले नचिनेको तर चिन्न आबस्यक रहेको कुरा पनि बताए ।

यो गुम्रीगाड खोला विधुत रुकुम पुर्ब पुथाउतरगङ्गा ९ मा निर्माण हुँदैछ । जसमा निर्माण ठेक्का एचए कम्पनीले लिएको थियो । कम्पनीले निर्माण कार्यमा ढिलासुस्ती गरेकाले लामो समयसम्म निर्माण पूरा हुन पाएको थिएन । एचए कम्पनीले निर्माण शुरु गरेका रुकुम पुर्ब जिल्लाका अधिकाश विद्युतहरु बर्षौ बितिसक्दा पनि अझै बलेका छैनन् ।

गाउँ पालिकाको १० लाख रकम मध्ये ५ लाख रकम निकालेर वडा प्रतिनिधिहरुले दुरुपयोग गरेको र बाकी ५ लाख फ्रीज हुँदा निर्माण कार्य पूरा हुन नसकेको ओलीको दावी छ । यो वर्ष फेरि गाउँपालिकाले १५ लाख विनियोजन गरेको ओलीले पोष्टपाटीलाई जानकारी दिए ।

१९ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको