दाङमा ला’गुऔ’षध ट्याबलेटसहित एक जना परे प्रहरीको फन्दामा


मङ्सिर १८, दाङ । ला’गु औ’षध ट्याबलेट सहित तुलसीपुर प्रहरीले बसका सहचालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१९ अकासी घर भएका रा १ ख १६८२ नम्बरको बस सहचालक २५ बर्षका देवबहादुर खड्का रहेको प्रहरीले बताएको छ । खड्काको साथबाट प्रहरीले निट्राजिपाम ३ सय ४५ ट्याबेलट र ट्रामाडोल हाइड्रोक्लोराइड एक सय २० क्याप्सुल बरामद गरेको छ ।

लागु औषध बिक्री बितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा पिछा गरेको प्रहरीले नेपालगंजबाट तुलसीपुरकाे बसपार्कतर्फ आउदै गर्दा प्रहरी निरीक्षक झबिन्द्र परियारको कमाण्डमा खटेको प्रहरीले बसपार्कबाट पक्राउ गरेकाे हाे ।

स्राेतका अनुसार चालक तुलसीपुर १९ निबासी मानबहादुर नेपाली पनि पक्राउ परेका छन । मंगलबार ब्राउनसुगर सहित पक्राउ परेका राजेश नेपालीकाे बयानका अाधारमा उनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

१८ मंसिर २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको