मंसिर २२ मा बिहे गर्दै नायिका श्वेता खड्का


मङ्सिर १८, काठमाडौँ । नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विवाहमा विहेमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् ।

यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । नायिका स्वेता खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् ।

 

१८ मंसिर २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको