प्रहरी मेरो साथी ?


प्रहरी मेरो साथि ?
कसरी ?
म दोधारमा छु
साथी मानौ या दुश्मन ?
मैले न्याय माग्दा
पक्राउ पुर्जी थमाउछ
मैले समान बाच्नु पर्छ भन्दा
उस्ले त नेल पो लगाउछ
उस्ले जेल पुर्याउछ
उस्ले कस्टडी मा पुर्याउछ
उस्ले कोररा बर्साउछ
उस्ले निहत्था को इन्काउन्टर गर्छ
म सोच्दछु -उ पनि त गरिब को छोरा
उ पनि त अन्यायमा छ
उ पनि त चुसियको छ
अहोरात्र खटिएको छ
बडो दोधार मा छु
प्रहरी साथी हो या दुश्मन ?
उस्लाइ आफन्त नै भुलाउने
त्यो कालो बर्दी
सत्य र न्याय नचिन्ने त्यो
कानुनको खेस्रा
निर्दोष को टाउको मात्र ताक्ने
बेतको लौरो
गरिबको छाती मात्रै देख्ने
राइफलको गोलि
निर्दोष मात्र अटाउने
त्यो जेल
म दोधारमा छु
प्रहरी मेरो साथी या दुश्मन ?
लुटेराको सुरक्षार्थ
तैनाथ छ
देश बेच्ने ब्यापारी लाई
तनक्क शरीर तन्काउदै
सलाम गर्छ
भ्रस्टाचारि को चारो खान्छ
सिसमहल को रक्षा गर्न
उसले कसम खायको छ
आफ्नै बा आमा को
घाँटी काट्न सक्छ ।
उ आफ्नो मालिक प्रती
वफादार छ
किन कि उस्ले
आफ्नो आफन्त चिन्दैन
उस्ले आफ्नो बर्ग चिन्दैन Add New
तेसो त उसले मलाइ पनि चिन्दैन
त्यसैले म दोधारमा छु
प्रहरी मेरो साथी हो या दुश्मन ?

अबिनास
१८ असोज २०७७

२०७७ आश्विन १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको