सम्झना बिक


निर्मला र तिम्रो घाउ
आँखा रसाउछ
मुटु चहराउछ।
सबै चेलीहरुको यो घाउ
उस्तै थियो होला चीत्कार
उस्तै घीनलाग्दो हर्कत
अहो खोइ तिम्रो लागि त
कोहि प्लेकार्ड बोक्दैन्न
भाईरल भाइरसहरु खोक्दैन
नामि बल्गर कुकुरहरू भुक्दैन्न ।
किनकि
सम्झना त आरनकी छोरी
दुर्गमकी बचेरी
गरीबीले निलेकी सम्झना बि.क.
कसरी सम्झेलान मान्छेकी छोरी!
यहाँ अछुतको न्याय पनि अछुत
दुर्गमको न्याय पनि दुर्गम
अनि गरिवको न्याय पनि गरिव
कर्मको पवित्र धर्म
जातको कसिमा स्तिकर लाग्ने
नानी देखिको बानीमा
तिम्रो मापदण्ड पुग्दैन।
नेहा अघि देखी तिमी पछिसम्म
कति गुमनाम उत्पीडन अपराध
चस्मावालाहरुको
सँस्कारी न्यायलयको
सफाई टोकरीमा
फाइल भरिननेछ्न ।
तिम्रा शासकहरु,
तिम्रा न्याय होइन
गौ हत्याराको के … बासिको सफाई चलाउदै,
राम्रा उखेल्ने…हाम्रा हुल्ने पद्धति केलाउदै,
समाजवादको गफिलो भोतो सिलाउदै छ्न।

याङो श्रो मगर

२०७७ आश्विन १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको