कांग्रेस नेता गगन थापालाई पनि कोरोना संक्रमण


असोज १७, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई पनि कोरोना संक्रमण भएको छ

यही असोज १९ गतेदेखि बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणबाट उनमा शनिबार कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भए पनि उनमा कुनै पनि लक्षण देखिएको छैन । यसअघि उनका ससुरासमेत रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना पुष्टि भएको थियो ।

केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायतलाई पनि कोरोना संक्रमण देखिएको थियो । कांग्रेसले केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुका सुरक्षागार्डसहित २ सय ४१ जनाको स्वाब संकलन गरेको थियो ।

शुक्रबार संकलन गरिएको स्वाबको शनिबार रिपोर्ट आउँदा उनीहरुमा संक्रमण पाइएको हो ।

२०७७ आश्विन १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको