प्रधानमन्त्रीका सचिवालयका चार जनालाई कोरोना संक्रमण पुष्टि


असोज १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । सचिवालयका सबैको कोरोना परीक्षण गरिएको भएपनि यो पटक भने प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब प्रधानमन्त्री ओलीको पनि परीक्षण हुने बताइएको छ ।

१७ आश्विन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको