प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना संक्रमण


असोज १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पनि कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

शुक्रबार क्वाब दिएको र आफ्नो रिपोर्ट पोजेटिभ आएको रिमालले बताएका छन् ।

यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रधानमन्त्रीको सचिवालयमा पहिलो पटक कोरोना पुष्टि भएको बाहिरिएको हो ।

१७ आश्विन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको