असोज १७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै मृतककाे कुल संख्या ५२८ पुगेको छ ।
उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यस्तै आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।
यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।
यस्तै २४ घण्टामा २०४४ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ६२,७४० पुगेको गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस