देशभर थपिए २ हजार १ सय २० कोरोना संक्रमित, २ हजार ४४ डिस्चार्ज


असोज १७, काठमाडौं । शनिबार देशभर २ हजार १२० जना कोरोनाका संक्रमित थपिएका छन् । एकै दिनमा थपिने याे हालसम्मकै धेरै संख्या हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको छ।

यस्तै काठमाडौँ उपत्यकामा ११७७ जना कोरोना संक्रमित थपिएका छन । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ । यस अवधिमा मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।

यस अवधिमा १२ हजार ९७८ जनाको पिसिआर परीक्षण भएको छ ।

१७ आश्विन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको