स्थायी राजधानी बुटवल राख्न माग्दै कांग्रेसले गर्यो रुपन्देही बन्दकाे घाेषणा


असोज १७, बुटवल । स्थायी राजधानी बुटवल राख्न माग गर्दै नेपाली कांग्रेसले असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा गरेकाे छ ।

आज बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएकाे छ । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे ।

कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।

आज राँके जुलुस,भाेली रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएकाे का‌ग्रेस नगर सभापति खेलराज पाण्डेयले जानकारी दिए ।

का‌ग्रेसले यसबारेमा थप जानकारी दिनका लागि बुटवलमा पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे का‌ँग्रेस रुपन्देही सचिब रामकृष्ण खाँणले बताए ।

२०७७ आश्विन १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको