असोज १७, बुटवल । नेकपा प्रदेश ५ संसदीय दलको बैठकले पार्टीले प्रदेशको राजधानी प्रदेश राजधानी देउखुरी बनाउने प्रस्तावको पक्षमा उभिने संसदीय दलको निर्णय र नाम लुम्बिनी बनाउने प्रस्तावलाई समर्थन गरेर जाने निर्णय गरेको छ ।
शनिवार मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बसेको बैठकले प्रदेश सरकारले संसदमा पेस गरेको प्रस्तावको पक्षमा लाग्ने निर्णय गरेको हो ।
नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सबैको भावनालाई समेटेर प्रदेशको राजधानी दाङ गराउने सरकारको निर्णयलाई मानेर अगाडि बढ्ने बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।
दाङको पक्षमा मतदान गर्नुपर्ने, पार्टीले ह्वीप जारी गर्ने र त्यसविरुद्ध उभिए कारवाही समेत हुन निर्णय गरेको ढकालले जानकारी दिए ।
‘हाम्रो दलले निर्णय गर्यो । भोलि हामी सर्वदलीय बैठक बस्छौं । यो विषयमा संसदमा पनि छलफल हुन्छ,’ उनले भने । प्रदेश सभामा ८७ सांसदमध्ये नेकपामा ६१ जना छन ।
प्रदेश सरकारले निर्णय गरेर राजधानी दाङ राख्न प्रदेश सभामा प्रस्ताव दर्ता गराइसकेको छ ।
प्रतिक्रिया दिनुहोस