ओली–प्रचण्डबीचको आजको वार्ता सकियो, भोलि पुन: छलफल हुने


साउन १९, काठमाडौं । नेकपाभित्रको विवादको गाँठो फुकाउन प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आजको छलफल सकिएको छ ।

नेताद्वयबीच आइतबार पनि करिव तीन घण्टा लामो छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सवा ९ बजेबाट सुरु भएको वार्तामा दुवै नेताले आ–आफ्ना तर्फबाट नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई पनि सहभागी गराएका थिए । खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।

पुनः भोलि छलफल गर्नेगरी आजको बैठक सकिएको हो । नेताहरुबीच करिव डेढ घण्टा संवाद भएको थियो ।

२०७७ श्रावण १९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको